Quantcast
Channel: चीन – Health Post Nepal
Viewing all articles
Browse latest Browse all 38

भेरोसेल खोप ल्याउन आज चीन उड्दै वायु सेवा निगमको विमान

$
0
0

कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लिन नेपाल वायु सेवा निगमको विमान आज राति चीन जाने भएको छ। चीनसँग अनुदानसहित खरिद गरिएका खोप लिन आज राति ११ बजे विमान चीन उड्न लागेको हो।

आज गएर बिहीबार दिउँसो २ बजे विमान काठमाडौं आइपुग्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनले ४८ लाख डोजमध्ये केही दिनभित्रै २५ लाख ल्याइने बताए। यसका लागि आजदेखि तीन उडानमार्फत नियमित खोप ल्याइने उनले बताए।

यसअघि खरिद गरिएको ८ लाख डोज खोप नेपाल ल्याइसकिएको छ। त्यसअघि चीनले १८ लाख डोज खोप अनुदानमा दिएको थियो।

वायु सेवा निगमको विमान बिहीबार राति ११ बजे नै फेरि खोप लिन जानेछ भने अर्को पटक ९ गते जानेछ।


Viewing all articles
Browse latest Browse all 38

Latest Images

Trending Articles



Latest Images